Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

अर्थ संसार

विहीबार, ०३ जेठ २०८१, १८ : १६ मा प्रकाशित

मौद्रिक नीति  सार्वजनिक गर्ने राष्ट्र बैंकको तयारी

नेपाल राष्ट्र बैंकले  मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंक स्रोतका तयारी अवस्थामा राखिएको मौद्रिक नीति  सार्वजनिक गर्न लागिएको हो । 

आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको भएतापनी कहिले सार्वजनीक हुन्छ भन्ने बिषयमा अन्योलता भने कायमै छ ।

स्रोतका अनुसार  बोर्डको बैठकको निर्णय भएपश्चात् मात्र मौद्रिक निति कहिले सार्वजनीक गर्ने भन्ने बिषयमा टुंगो लाग्ने छ ।  

केन्द्रीय बैंकले प्रत्येक आर्थिक वर्षको लागि मौद्रिक नीतिमार्फत सरकारको योजनालाई कार्यान्वयन गर्नुपर्ने व्यवस्था  छ  ।  सरकारले ल्याएको बजेटलाई कार्यान्वयन गर्न मौद्रिक नीति ल्याईन्छ । यस वर्ष बजेट अन्योलमा परेसँगै मौद्रिक नीति ल्याउन ढिलाई गरिएको थियो ।

मौद्रिक नीतिको त्रैमासिक र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको १ महिनाभित्र ल्याउनुपर्ने प्रावधान रहेको थियो ।

एक साता अगाडि नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ संशोधनमार्फत त्रैमासिक समीक्षा अवधि १५ दिन बढाएर ४५ दिन पुर्याएको छ । जसअनुसार केन्द्रीय बैंकले जेठ १५ गतेभित्र मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दा हुन्छ । यसअघि त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ३० दिनभित्र सार्वजनिक गरिने व्यवस्था थियो ।

राष्ट्र बैंकले सार्वजनीगर्ने तयारी गरेको मौद्रिक नीतिले शिथिल अर्थतन्त्र उठाउने आशा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको