Like us!
Follow us!
Connect us!
Watch us!

कोरीयामा पानी जहाजमा काम लगाई दिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

शुक्रबार, १४ असोज २०७३, १६ : ३० मा प्रकाशित

कोरीयामा पानी जहाजमा काम लगाई दिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ


अर्थ संसार
काठमाडौं – कोरीयामा पानी जहाजमा काम लगाई दिने भन्दै नक्कली भिषामा कोरीया पु¥याई ठगी गर्ने व्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं, बुढानिलकण्ठका निर्मल श्रेष्ठ रहेका छन् । 


उनले सोलुखुम्बुका आङधानु शेर्पा लगायत केहि व्याक्तिहरुलाई कोरिया लगिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । श्रेष्ठले कोरियामा पानी जहाजमा काम गर्न वर्किङ भिषामा प्रति महिना १ लाख नेपाली तलव हुने भन्दै विभिन्न व्यक्तिबाट रकम असुलेर फरार भएका थिए  । 


भारतबाट सजिलो तरीकाले लैजान मिल्ने भनी भ्रममा पारी भारत पु¥याई पिडितका परिवारसँग हुण्डी मार्फत १८ लाख ४० हजार लिएर नक्कली भिषा भारत, हङकङ हुँदै कोरिया पु¥याए पछि कोरिया इमिग्रेशनले नक्कली भिषा भएकोले नेपाल फर्काएका थिए । 


नक्कली भिषामा कोरीया पुगेर नेपाल पर्किएका निर्मल श्रेष्ठले कारवाहीको माग गर्दै आङधानु शेर्पाले पअराध अनुसन्धन माहाशाखा टेकुमा निवेदन दिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको