Like us!
Follow us!
Connect us!
Watch us!

आइपीएलमा चेन्नईको जित, दिल्ली क्यापिटल पराजित

अर्थ संसार

बुधबार, २३ बैशाख २०८३, ०८ : ०६ मा प्रकाशित

आइपीएलमा चेन्नईको जित, दिल्ली क्यापिटल पराजित

चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गरेको छ । दिल्लीमा मंगलबार राति भएको खेलमा चेन्नईले १५ बल बाँकी रहँदै लक्ष्य पूरा गर्दै सहज निकालेको हो।

पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ५५ रन बनाएको थियो। तर दोस्रो इनिङ्समा पिच ब्याटिङका लागि केही सहज बनेपछि चेन्नईले १७.३ ओभरमा २ विकेट मात्र गुमाएर १ सय ५९ रन बनाउँदै लक्ष्य भेट्टायो। चेन्नईको जितमा सञ्जु सामसनले उत्कृष्ट प्रदर्शन गर्दै ५२ बलमा अविजित ८७ रन बनाए। उनले संयमित सुरुवात गरे पनि पछि आक्रामक खेल प्रदर्शन गरे। उनलाई कार्तिक शर्माले ३१ बलमा ४१ रन बनाएर राम्रो साथ दिए।

त्यसअघि चेन्नईका स्पिनरहरूले दिल्लीलाई ठूलो स्कोर बनाउन दिएनन्। अकिल होसेनले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए । नूर अहमदले ३ ओभरमा २२ रन दिँदै २ विकेट लिए। चेन्नईको बलिङ सिजनको सुरुवातमा कमजोर देखिएको थियो। लगातार तीन खेलमा उनीहरूको बलिङ निकै महँगो सावित भएको थियो। तर त्यसपछि टोलीले शानदार पुनरागमन गर्दै पछिल्ला ७ खेलमा ५१ विकेट लिएको छ। यो प्रतियोगिताको उत्कृष्टमध्ये एक हो। सुरुवाती ओभरहरूमा रन बनाउन निकै कठिन भएको थियो। पहिलो चार ओभरमा धेरै डट बल खेलेका कारण ब्याटरहरू दबाबमा परेका थिए। दिल्लीका केएल राहुल र पथुम निसांकाले राम्रो सुरुवात गर्ने प्रयास गरे पनि फिल्डरकै हातमा क्याच दिएर आउट भए। दुई दायाँहाते ओपनर भएकाले चेन्नईले सुरुदेखि नै अकिललाई बलिङमा ल्यायो। निसांका आउट भएपछि दिल्लीले नितिश राणालाई पठाएर दबाब कम गर्ने प्रयास गरेको थियो। तर होसेनले राहुललाई आउट गर्दै दिल्लीलाई थप समस्यामा पारे।

पावरप्ले सकिँदा दिल्ली २ विकेट गुमाएर ३७ रनको स्थितिमा पुगेको थियो। दिल्लीका कप्तान अक्षर पटेल यो सिजनमा राम्रो लयमा देखिएका छैनन्। यस खेलअघि उनले जम्मा ३३ रन मात्र बनाएका थिए, जसमा २६ रन एकै इनिङ्समा आएको थियो । यो खेलमा पनि उनी ठूलो इनिङ्स खेल्न सकेनन्। दिल्लीका लागि समीर रिजवी र ट्रिस्टन स्टब्सले केही संघर्ष गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ पुर्याए ।उनीहरूले मिलेर ४२ बलमा ६५ रनको साझेदारी गरे। रिजवीले ४० र स्टब्सले ३८ रन बनाए । तर चेन्नईका स्पिनर र अनुशासित बलिङका कारण दिल्लीले ठूलो स्कोर बनाउन सकेन।

जवाफी ब्याटिङमा चेन्नईका ऋतुराज गायकवाडलाई लुंगी एन्गिडीले सस्तोमा आउट गरेपछि केही समय दबाब देखिएको थियो। तर त्यसपछि सञ्जु सामसनले उत्कृष्ट इनिङ्स खेल्दै खेल चेन्नईतर्फ मोडे। सामसन सुरुवातमा सावधानीपूर्वक खेले। आठौं ओभरसम्म उनले २२ बलमा २२ रन बनाएका थिए। तर त्यसपछि उनले मात्र १० बलमा अर्धशतक पूरा गरे।

स्पिनरविरुद्ध उनको राम्रो खेले। उनले अक्षर पटेलविरुद्ध १० बलमा १२ रन बनाए । कुलदीप यादवविरुद्ध ९ बलमा २५ रन प्रहार गरे । जसमा तीन छक्का र एक चौका समावेश थियो। अन्ततः सामसन र कार्तिक शर्माबीचको उत्कृष्ट साझेदारीमा चेन्नईले १५ बल बाँकी रहँदै लक्ष्य पूरा गर्यो । यो जितसँगै चेन्नईले प्लेअफ नजिकिँदै जाँदा आफ्नो नेट रनरेट पनि सुधार गरेको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको