नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न निर्वाचनमा एसोसियटतर्फ सचिन ढकाल सर्वाधिक मतसहित निर्वाचित भएका छन्। सार्वजनिक अन्तिम मतपरिणामअनुसार ढकालले १ हजार ३१८ मत प्राप्त गर्दै सबै प्रतिस्पर्धीलाई पछि पारेका हुन्।
महासंघको एसोसियटतर्फ १७ सदस्य चयनका लागि मतदान भएको थियो। यस प्रतिस्पर्धामा ढकालले शीर्ष स्थान सुरक्षित गर्दै निजी क्षेत्रभित्र आफ्नो प्रभावशाली उपस्थिति देखाएका छन्।
ढकालपछि हेमन्त गोल्छाले १ हजार २०२ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन्। अम्बिकाप्रसाद पौडेलले १ हजार १८३ मत ल्याएका छन् भने उज्ज्वलकुमार श्रेष्ठले १ हजार १५६ मत प्राप्त गरेका छन्।
त्यस्तै शक्तिकुमार बेगानी, बाबुकाजी कार्की, राजेशकुमार अग्रवाल, रामशरण भण्डारी, ऋषि अग्रवाल, सुशील थापा, सुयस प्याकुरेललगायत उम्मेदवार पनि विजयी सूचीमा परेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस