गोल्छा समूहका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई रिहा गर्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ । अदालतको आदेशसँगै उनी हिरासतबाट बाहिरिने कानुनी बाटो खुलेको छ ।
सरकारले विभिन्न विषयमा छानबिन गर्नुपर्ने भन्दै करिब एक साताअघि गोल्छालाई नियन्त्रणमा लिएको थियो ।
सर्वोच्च अदालतले गोल्छालाई नियन्त्रणमा राखिरहनुपर्ने पर्याप्त आधार नदेखिएको निष्कर्ष निकाल्दै रिहा गर्न आदेश दिएको हो । अदालतको परमादेशपछि सम्बन्धित निकायले आवश्यक प्रक्रिया पूरा गरी उनलाई मुक्त गर्नुपर्नेछ ।
देशकै पुराना र ठूला व्यावसायिक घरानामध्ये एक गोल्छा समूहका नेतृत्वकर्ता भएकाले शेखर गोल्छाको पक्राउ र त्यसपछिको घटनाक्रमलाई निजी क्षेत्रले नजिकबाट हेरिरहेको थियो ।
गोल्छा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत हुन् । उनी लामो समयदेखि नेपालको निजी क्षेत्र, उद्योग विस्तार र लगानी वातावरणसम्बन्धी विषयमा सक्रिय रहँदै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस