Like us!
Follow us!
Connect us!
Watch us!

हिमालय उर्जाको आइपीओमा आकर्षण : दोस्रो दिननै १.२५ गुणा बढी शेयर आवेदन

विहीबार, २१ चैत्र २०७५, २० : १९ मा प्रकाशित

हिमालय उर्जाको आइपीओमा आकर्षण : दोस्रो दिननै १.२५ गुणा बढी शेयर आवेदन

अर्थ संसार, काठमाडौँ– हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण शेयर बिक्री शुरु गरेको दुई दिनमै मागभन्दा बढीको आवेदन परेको छ । शेयर बिक्री भएको दोस्रो दिननै माग भएभन्दा १.२५ गुणा बढी शेयर आवेदन परेको कम्पनीका प्रबन्धक प्रकाश दुलालले जानकारी दिनुभयो ।

हिमालय ऊर्जाले कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयरमध्ये कर्मचारीलाई ४४ हजार ५५० कित्ता र सामूहिक लगानी कोषलाई ७४ हजार २५० कित्ताबाहेक बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता साधारण शेयर बिक्री खुला गरेको छ । शेयर यही चैत २० गतेदेखि सर्वसाधारणका लागि बिक्री शुरु गरिएको हो ।

अब  आइपीओमा  चैत २५ गते सम्म मात्र खुल्ला रहने छ ।  इच्छुकले न्यूनतम ५० देखि अधिकतम ६ हजार ५०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बहने खिम्ती खोलामा १२ मेगावाटको उपल्लो खिम्ति र सात मेगावाटको अपर खिम्ति गरी कूल १९ मेगावाटका दुई आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाको कूल लागत रु तीन अर्ब १५ करोड रहेको छ । प्रतिमेगावाट लागत रु १६ करोड ५६ लाख मात्र रहेको छ । दुवै आयोजना आगामी असार मसान्तमा सम्पन्न हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको