Like us!
Follow us!
Connect us!
Watch us!

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो “पशुपतिमा सुनैको गजुर”

सोमबार, ०२ बैशाख २०७६, १२ : ०० मा प्रकाशित

अर्थ संसार, काठमाडौं- नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो हो।यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तले डिरेक्सन गर्नु भएको छ ।

संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन हुने बेलामा कान्छा कान्छीको माया कति मिठो हुन्छ अनि कर्के नजरले कसरी लठ्ठ वनाउछ भन्ने कुरा हेर्न र अनुभव दिलाउने यस भिडियो २०७६ नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको छ।

दिलिप रायमाझी र प्रियकां कार्किका छुटाछुटै धेरै म्युजिक भिडियो बजारमा आए पनि यो जोडीलाई नयां म्युजिक भिडियोमा छमछमि नाच्ने र नचाउने गित र संगितमा पहिलो पटक देख्न सकिन्छ ।

यस गीतलाई पहिलो नेपाल आईडलमा लोकप्रिय बनेर दर्शक श्रोताको मन जितेका प्रताप दास र नेपाली गीत संगितमा आफुलाई चम्काईरहेकी गायिका मेलिना राईले स्वर दिएर संगितका पारखिहरू मनमुग्द बनाउने निश्चित छ। दुर्गा खनाल घिमिरे को शब्दलाई बसन्त सापकोटाले मिठो संगित दिएको छन।

नेपाली तथा भोजपूरी चलचित्रमा एक्सन डिरेक्सन गरेर आफ्नो नाम चम्काउन सफल चन्द्र पन्तले पहिलो पटक म्युजिक भिडियोमा डिरेक्सन गरेर सबैको मन जित्ने प्रयास गरेका छन। भिडियोलाई अहिले का व्यस्त र सफल गंभिर बिष्ट ले कोरियोग्राफी गरेका छन भने D4 Creation ले यस म्युजिक भिडियो लाई युटुव च्यानल मार्फत नयां बर्ष २०७६ को कोसेलीको रूपमा दर्शक श्रोता को बिचमा ल्याएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको