अर्थ संसार, काठमाडौं – नवील इन्भेष्टमेन्ट बैंकिङ लिमीटेडको व्यवस्थापन र नवील बैंकको प्रवद्र्धन रहेको तेश्रो म्युचुअल फण्ड बिहीबारदेखि ‘नबिल ब्यालेन्स फन्ड २’ को विक्री खुल्ला भएको छ ।
नबिल म्युचुअल फन्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स फन्ड २ प्रतिकित्ता १० को दरले १२ करोड एकाइ विक्री खुला भएको हो । यसमध्ये कुल निष्कासनको १ करोड ८० लाख एकाइ कोष प्रवद्र्धक नबिल बैंकका लागि, १ करोड ६८ लाख एकाइ योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङका लागि र बाँकी रहेको १० करोड २० लाख एकाइ सर्वसाधारणका लागि विक्री खुला गरिएको छ ।
आवेदकले छिटोमा वैशाख ९ गते र ढिलोमा जेठ ३ गतेसम्म एकाइ खरीदका लागि आवेदन दिन सक्नेछन् । दरखास्त दिन पाउने न्यूनतम एकाइ १ सयदेखि अधिकतम १ करोड २० लाख रहेको बैंकले बताएको छ । निष्कासन तथा विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक रहेको छ भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने बैंकले बताएको छ ।
यस बन्दमुखी योजनाको अवधि १० वर्ष रहेको छ । इक्रा नेपालले यस योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालीटि ३ं रेटिङ प्रदान गरेको छ भने कोष प्रवद्र्धकलाई इक्राएनपी आईआर एए–रेटिङ प्रदान गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस