Like us!
Follow us!
Connect us!
Watch us!

गणपति माइक्रोफाइनान्सको IPO मा पहिलो दिनमै पर्यो ३ गुणा बढी आवेदन

मंगलबार, १० बैशाख २०७६, ०८ : २४ मा प्रकाशित

गणपति माइक्रोफाइनान्सको IPO मा पहिलो दिनमै पर्यो ३ गुणा बढी आवेदन

अर्थ संसार,  काठमाडौं – गणपति माइक्रोफाइनान्सको साधारण शेयर (आइपिओ)मा पहिलो दिनमै मागभन्दा ३ गुणा बढी आवेदन परेको छ । कम्पनीले सोमबारदेखि सर्वसाधारणहरुको लागि ३ लाख १३ हजार ७५ कित्ता आईपीओ विक्री खुला गरेको हो ।

विक्री एनआइबिएल एस क्यापिटल लिमिटेडले दिएको जानकारी अनुसार सोमवार ५ बजेसम्म ५१ हजार ८३० जना आवेदनकबाट १० लाख ७५ हजार ७० कित्ताको लागि आवेदन प्राप्त भएको छ । न्यूनतम  १०० मूल्य तोकिएको उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार पाँच सय कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले कुल ३ लाख ३५ हजार कित्तामध्ये ५ हजार १६७ कित्ता कर्मचारीहरुको लागि सुरक्षित राखी १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट पश्चात बाँकी रहेको ३ लाख १३ हजार ७५ कित्ता शेयर सर्वसाधारणलाई विक्री गर्न लागेको हो ।

छिटोमा वैशाख १२ गते र ढिलोमा जेठ ७ गतेसम्म आवेदन दिन सकिने मिति तय भएपनि मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिकै मितिसम्म मात्र विक्री खुला हुनेछ । यस आईपीओ खरीद गर्न चाहनेहरुले  सि-आस्बा सेवा लिएका बैंक तथा वित्तीय संस्थाको कार्यालय र मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको