अर्थ संसार, काठमाडौँ –रसुवागढी जलविद्युत कम्पनी, साञ्जेन जलविद्युत कम्पनी र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सेयर भर्ने समय सकिएको हो ।
रसुवागढी जलविद्युत कम्पनीको आईपिओमा १.८९ गुणा बढी आवेदन परेको छ । साञ्जेन जलविद्युत्तको आईपिओमा २.८३ गुणा बढी आवेदन परेको छ र गणपति माइक्रोफाइनान्सको आईपिओमा २१.५५ गुणा बढी आवेदन परेको छ । बिहीबार बाट यि कम्पनीको आईपीओमा आवेदन दिने म्याद सकिएको हो ।
सो मध्ये रसुवागढी जलविद्युत कम्पनी लिमिटेडको आईपीओमा एक अर्ब ७१ करोड ४३ लाख २६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार बिहीबार साँझ ५ बजेसम्म तीन लाख दुई हजार ६२९ जनाले कुल एक करोड ७१ लाख ४३ हजार २६० कित्ता सेयरको लागि माग गरेका हुन् ।रसुवागढीले कुल १ करोड २ लाख ६३ हजार १५० कित्ता साधारण सेयर मध्ये ९३ लाख ३९ हजार ४६७ कित्ता सेयर सर्वसाधारमा बिक्री गरेको थियो ।
त्यस्तै, साञ्जेन जलविद्युत कम्पनीको आईपीओमा एक अर्ब ४१ करोड ३२ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर माग गरेका छन् । उक्त आईपीओमा कुल ३ लाख ४ हजार ६९ जनाले एक करोड ४१ लाख ३२ हजार ८४० कित्ता सेयर माग गरेका बिक्री प्रबन्धक लगानीकोषले जनाएको छ ।
साञ्जेनको ५४ लाख ७५ हजार कित्तामध्ये ४९ लाख ८२ हजार २५० कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । बाँकी रहेको २ लाख ७३ हजार ७५० कित्ता म्युचुअल फण्ड र २ लाख १९ हजार कित्ता सेयर कर्मचारीलाई छुट्याएको थियो ।
जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत समावेश भएका यी दुबै जलविद्युत् आयोजनाहरुले गत वैशाख ६ गतेदेखि साधारण सेयर बिक्री गरेका थिए । मागभन्दा बढी आवेदन परेपछि छिटोमा मंगलबार बन्द हुनुपर्ने यी दुबै कम्पनीको सेयर भर्ने समय थप दुई दिन थपिएको थियो । मेरो सेयरबाट आवेदन दिँदा सीडीएससीको सफ्टवेयरमा समस्या आएका कारण नेपाल धितोपत्र बोर्डले उक्त कम्पनीको सेयरमा आवेदन दिने म्याद थप गर्न निर्देशन दिएको थियो । सोही अनुसार यी दुई कम्पनीको बिहीबारसम्म सेयर बिक्री खुला भएको हो ।
त्यस्तै, गणपति माइक्रोफाइनान्सको आईपीओमा कूल ६७ करोड ४७ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । आइपीओ निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलका अनुसार लघुवित्तको आईपीओमा ३ लाख २८ हजार ९६५ जनाले ६७ लाख ४७ हजार ९३० कित्ताको सेयर माग गरेका हुन् ।
यी तिनै कम्पनीको आईपीओको बाँडफाड गोलाप्रथाबाट हुने पक्का छ । जलविद्युत कम्पनीको आईपीओ भने प्रक्रिया पगुेका सबै आबेदकले सेयर पाउने निस्चीत देखिन्छ भने लगुबित्तको गोलप्रथाबाट नै बाँडफाड हुने पक्का छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस