Like us!
Follow us!
Connect us!
Watch us!

बीमा समितिको निर्देशकमा दुई जनाको बढुवा

शुक्रबार, १३ बैशाख २०७६, १४ : ५५ मा प्रकाशित

बीमा समितिको निर्देशकमा दुई जनाको बढुवा

अर्थ संसार, काठमाडौँ – बीमा समितिले दुई जनालाई निर्देशकमा बढुवा गरेको छ । उप निर्देशक सुशिल देव सुवेदी र पुजन ढुगेंललाई फाईल बढुवाको आधारमा निर्देशकमा बढुवा गरिएको हो । बीमा समितिले कार्तिक नौ गते सुचना जारी आन्तरिक लिखित परिक्षाका आधारमा एक जना निर्देशक, एक जना उप निर्देशक, सहायक निर्देशक पदका लागि एक जना आवेदन खुलाएको थियो ।

त्यस्तै, आन्तरिक कार्य सम्पादनका आधारमा दुई जना निर्देशक, एक जना उप निर्देशक पनि आवेदन खुलाएको थियो । निर्देशक पदका लागि समितिका उप निर्देशक दिनेश कुमार लाल, सुशिल देव सुवेदी, पुजन ढुगेंल, कुन्दन सापकोटा र धुव्र तिमिल्सनाले आवेदन दिएका थिए । जसमध्ये लिखित परिक्षाबाट सुशिल देव सुवेदी, पुजन ढुगेंल र दिनेश कुमार लालले नाम निकाल्न सफल भएका थिए । त्यस्तै, समितिले लिखित परिक्षामा उर्तिण पुजन ढुगेंल र सुशिल देव सुवेदीलाई कार्य सम्पादनका आधारमा निर्देशक पदमा बढुवा गरेको छ ।

आन्तरिक लिखित परिक्षाको अन्र्तवाता भने जेठको १९ गते तोकेको छ । जसको एक्लो दावेदार दिनेश कुमार कर्ण रहेका छन् । निर्देशक पदका लागि ५ समितिको उप निर्देशक पदमा पाँच बर्ष काम गरेको हुनुपर्नेछ । र स्नातहकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ । त्यस्तै उप निर्देशक पदका लागि आन्तरिक लिखित र फाईल बढुवाको आधारमा एक-एक जनाको आवेदन माग गरिएको थियो । जसमध्ये आन्तरिक लिखित परिक्षामा सहभागि तीन जनामध्ये एक जना पुनम ज्ञवाली उर्तिण भएकी छिन् । अन्र्तवाताका लागि उनी एक्ली दावेदार हुन् ।

त्यस्तै, फाईल बढुवाका आधारमा छ जना प्रतिस्पर्धाी रहे पनि निशा घिमिरेलाई समितिले उप निर्देशकमा बढुवा गरेको छ । उप निर्देशक पदका लागि पाँच सहायक निर्देशकमा काम गरेको हुनुपर्नेछ भने स्नातहकोत्तर तह उर्तिण गरेको हुनुपर्नेछ । यस्तै, चाटर्ड एकाउण्टेटमा सन्तोष कार्कीले नाम निकाल्न सफल भएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको