Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकबाट एकतर्फी रुपमा पठाइएको इमेलका कारण असजता भयो - भ्यालुएर्स एशोसिएसन

अर्थ संसार

विहीबार, १८ मंसिर २०८२, १२ : ५४ मा प्रकाशित

माछापुच्छ्रे बैंकबाट एकतर्फी रुपमा पठाइएको इमेलका कारण असजता भयो - भ्यालुएर्स एशोसिएसन

नेपाल भ्यालुएर्स एशोसिएसनले माछापुच्छ्रे बैंकबाट एक तर्फी रुपमा पठाएको इलेका कारण मूल्यांकनकर्ताहरु दबामा रहेको बताएका छन् । एशोसिएसनले एक विज्ञप्ति जारी गर्दै बैंकबाट मूल्यांकनकर्ताहरूलाई पठाइएका एकतर्फी तथा दबाबमूलक इमेलका कारण असजता देखिएको बताएका हुन् । 

मूल्याङ्कन शुल्क संशोधनसम्बन्धी प्रक्रिया र छलफल पहिलेबाटै नियमित रूपमा अघि बढिरहेको अवस्थामा बैंकबाट यस्तो प्रकारको इमेल पठाइनु अत्यन्तै खेदजनक रहेको एशोसिएसनले जनाएको छ । बैंकको भाषा, व्यवहार र प्रस्तुतिका ढंगले मूल्याङ्कनकर्ताको स्वतन्त्रता, पेशागत मर्यादा तथा विधिसम्पन्न प्रक्रियामा नकारात्मक प्रभाव पार्ने देखिएकोले यस प्रकारको अनावश्यक दवाव संस्थाले सहन गाह्रो भएको अध्यक्ष संजय महतोले बताएका छन् । 

एशोसिएसकले विभिन्न ६ वटा माग राख्दै १५ दिन भित्र माग पुरा नभएमा थप आन्दोलन गर्ने चेतावनी दिएको छ । एशोसिएसनले नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसिएसन बीच भएको सर्भिस ड्राफ्ट एग्रिमेन्टको ढाँचा हुबहु लागू गर्नु पर्ने, विगत लामो समयदेखि मूल्याङ्कनकर्ताको सुचीमा नरहेकाहरुको धरौटि रकम तत्काल फिर्ता गर्नु पर्ने, मूल्याङ्कनकर्ता इन्जिनियरहरुलाई मानसिक तनाव दिने र पत्र काट्ने कार्य तत्काल बन्द गर्नु पर्ने, र समय सापेक्ष र समान रुपको पारिश्रमिक निर्धारण होस् भन्ने अभिप्रायले एशोसिएसनले २०८१ साल साउन १ देखि जारी गरिएको मूल्याङ्गन पारिश्रमिक शुल्क यथाशिघ्र लागु गर्ने पर्ने माग रहेका छन् । त्यस्तै अनगिन्ती मूल्याङ्कनकर्ता इन्जिनियर सुचिकृत गर्ने तर बर्षौंसम्म पनि काम नदिने परिपाटि तुरुन्त अन्त्य गर्नु पर्ने, सम्पूर्ण मूल्याङ्कन सम्बन्धी कार्यादेश मार्फत मात्र जारी गर्नु पर्ने र शैक्षिक कर्जाको नाममा गरिने अनधिकृत मूल्याङ्कन कार्य तत्काल बन्द गर्नु पर्ने मागहरु रहेका छन् । 
 

693134432a0b7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको