Like us!
Follow us!
Connect us!
Watch us!

३ करोडभन्दा बढी लाभांश प्रस्तावसहित सिड इनर्जीले बोलायो वार्षिक साधारणसभा

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १३ : ०० मा प्रकाशित

३ करोडभन्दा बढी लाभांश प्रस्तावसहित सिड इनर्जीले बोलायो वार्षिक साधारणसभा

सिड इनर्जी लिमिटेडले वार्षिक साधारणसभा आगामी पुषमा बोलाएको  छ । कम्पनीले कम्पनीको ५९औं सञ्चालक समिति बैठकको निर्णयअनुसार चौथो वार्षिक साधारणसभा आगामी पुष १८ गते जावलाखेलस्थित रजिष्टर्ड कार्यालयमा बोलाएको हो ।

कम्पनीले यस वर्षका लागि सेयरधनीलाई ३ करोड १२ लाख ६७ हजार ९४६ रुपैयाँ ८५ पैसा बराबरको नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव सभामा पेश गर्दैछ। यो रकम चुक्ता पुँजी ९९ करोड १ लाख ५० हजार रुपैयाँको ३.१५७९ प्रतिशत बराबर पर्छ।

योसँगै सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ। सोही अवधिमा सञ्चालक समितिले गरेका निर्णय तथा कार्यहरूको अनुमोदन गरीनेछ। सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने तथा पारिश्रमिक निर्धारण गर्नेछ। संचालक समितिले सिफारिस गरेको नगद लाभांश वितरण प्रस्ताव अनुमोदन गर्नेछ।

यस्तै सभामा सार्वजनिक निष्काशनको निरन्तरतासम्बन्धमा छलफल गरीनेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको