नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजी ९ अर्ब २ करोड ८७ लाख ६३ हजार २०९ रुपैयाँको कुल २१.०५ प्रतिशतले हुन आउने १ अर्ब ९० करोड ७ लाख ९२ हजार २५५ रुपैयाँ लाभांश वितरण गर्ने घोषणा गरेको हो।
जसअनुसार संस्थाले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी २६ औँ वार्षिक साधरणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस