Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्दै सकियाे शिवम सिमेन्ट्सको दशौं बार्षिक साधारणसभा

अर्थ संसार

विहीबार, २५ मंसिर २०८२, १५ : १६ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्दै सकियाे शिवम सिमेन्ट्सको दशौं बार्षिक साधारणसभा

शिवम सिमेन्ट्स लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न बार्षिक साधारणसभाले १० प्रतिशत नगद लाभांश र २.५० प्रतिशत नगद(कर प्रयोजनको लागि) गरी कुल १२.५० प्रतिशत लाभांश पारित गरेको हाे ।

त्यसै गरी सभाले आर्थिक वर्ष २०८१/८२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको बार्षिक प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/०८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका ले.प. सम्बन्धी अनुसूचिहरु एपर छलफल गरी पारित गर्ने र कम्पनीको आर्थिक वर्ष २०८२/०८३ को आयव्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले कम्पनी संचालक समितिको निर्णयले रिक्त रहेको संचालक संख्या १ बाँकी कार्यकालका लागि संचालक समितिले गरेको नियुक्ती तथा मनोनयनलाई सभाले अनुमोदन समेत गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको