हामी आज जो परदेशमा आफ्नो पसिना बेचीरहेका छौै तर कोहि आफ्नो लागि मात्रै नभएर अरुलाई पनि सहयोगी बन्दै आफ्नो काम गरिरहेका नेपालीहरुपनि धेरै हुनु हुन्छ । तेही मध्ये एकमा म आफै पनि पर्छु जस्तो लाग्छ ।
किनकि जापान आउने भिजा भनेको अहिलेसम्म बिध्यार्थि भिजा, डीपेनडेन्ट भिजा ,वर्किंग भिजामा हो । धेरै आउने र जसमा जापानिज भाषामा दक्षता भएर नै आउनु पर्ने त हो । तर, त्यसो भएको पाइदैन । किनकि म आफै आउदा पनि जापानिजभाषा खासै आऊदैन थियो र भाषा नहुँदा जापानमा भोग्नु पर्ने दुःख, झंझट कति हुन्छ भने कुरा मलाई थाहा छ ? म आफूले पनि भोगेको छु र यस्तै अबस्थामा आउने र बिध्यार्थी भिजामा आउने साथीहरु र अनि बिशेष गरेर डीपेनडेन्ट भिजामा आउनेहरुनै मैले काम गर्ने कम्पनिमा पार्ट टाईम कामको लागि आउने गर्नु हुन्छ ।
अनि जसलाई राम्रो संग भाषा आउदैन उहाँ हरु नै धेरै आउनु हुन्छ किनकि यहाँ भाषाको सहजीकरण गरिन्छ र भाषा नहुनेहरुले पनि रेगुलर र राम्रो कम्पनिहरुमा राम्रो सँग काम गर्ने वातावारण मिलाईन्छ । अहिले पनि धेरैले काम गरिरहनु भएको अवस्था छ । यहाँ भाषा समस्या त मेन रुपमा छदैछ तर यहाँ हामी नेपालीले हजारौं सम्भावनाहरु भएको देशमा लाखौ खर्च गरेर आएका हामीमध्ये धेरैले न ति हजारौं सम्भावनाहरुलाई अवसरका रुपमा नै अनुसरण गर्न सकेनम । जापानबाट केहि सिक्न सकिने कुरा पनि पूरै वेवास्ता गर्यौं र स्वभाव फेर्यौ ।
कम्तिमा अरुको देशमा बसेपछी त्यहाँको रितिरिवाज चालचलन र साधारण नियममा ध्यान दिन सक्नुपर्छ । नेपालबारे चासो राख्ने एक जापानीले भनेका थिए, “जापान आएका नेपालीहरुले देश फेरे, भेष फेरे तर स्वभाव फेर्न सकेनन् ।”
उनले भने जस्तै हामीले स्वभाव उही पूरानै देखायौं, देश फेर्यौ र भेष फेर्यौ मात्र प्रसङ्ग म अरुको लिदिन मेरो आफ्नै काममा म र मेरो कम्पनिले नेपाली साथीहरुबाट भोगेको एउटा हैरानी छ । महिले यति भन्दै गर्दा सबै नेपाली एकै हुन्छन चाहि भन्न खोजेको हैन ।
केहि धेरै राम्रो काम र ब्यबसाय पनि गर्नु हुन्छ उहाँहरुमा मेरो सम्मान नै छ एक दिन एक जना विध्यार्थि भाईले मलाई नाईट काम चाहियो भन्दै फोन गर्नु भयो । अनि मैले भने हुन्छ भाई मेरो त हाकेन कम्पनि हो मान्छे चाँही राखेको थियो तेसैले हुन्छ नाईटमा काम छ जानु हुन्छ ? पैशा पनि अर्को हप्ता आउछ भने ।
विध्यार्थी भाईले पनि हुन्छ जान्छु नी, के काम हो भन्नु भयो मैले भने खान प्याकिंग गर्ने काम हो । फिक्स नै जाने भए मात्रै हुन्छ त्यो पनि इन्टरभिउ दिन आउनु पर्छअनि डकुमेन्ट सब दिनु पर्छ फम पनि भर्नु पर्ने हुन्छ के गर्ने त आज अफिस टाइम मा आउने हो त ?
विध्यार्थी भाई पनि ए हो दाइ र हेन्ड क्यास काम पनि इन्टरभिउ हुन्छ ? उनले भने मैले अफिस टाइम दस बजेबाट सात बजे सम्म आउनु परो है भने ।
दाई प्लीज म इन्टरभिउ दिन आऊने त थिए तर समय नै मीलेन मिल्छ भने मलाई काम मा नै पठाईदिनुस न प्लिज भन्दै गर्दा मलाई पनि कम्पनी बाट मान्छे काम म पठाउनै पर्ने प्रेसर थियो तेसैले ल हुन्छ तेसो भय म सिधै काममा नै पठाई दिन्छु तर काममा फिक्स जानुपर्छ नि है महिले विस्वास गरेको छु जसरी नि जानु पर्छ नि है फम चै तलब लिन आको बेला भर्नु पर्ला नि है ?
विध्यार्थी भाईहरु पनि हुन्छ ओके फिक्स भयो विस्वास गर्नुस हुन्छ ओके फिक्स अर्को काम पनि नाईटको आठ बजे सम्म हो । हजुर फिक्स जान्छु दाई मैले दुवै जनाको सिफ्ट हाली दिए ।
अनि फेरी कनफर्म पनि गरे ओके फिक्स जानु पर्छ है त ? भाइहरु पनि ओके भने अनि एघार बजेको काम हो दस बजे र बिस मिनेटमा आसाकादाई स्टेशनबाट बस लाग्छ नि हुन्छ त ? भाई हरु ले पनि हुन्छ भने । अनि दस बजेपछि मैले कल गरे, हेलो कहाँ हो भाई ?
विध्यार्थी भाईहरुले भने – हजुर दाई हामी त अगिनै आसाकादाई स्टेशनमाआइसके एक घण्टा हुन लाग्यो दाई सिधै कामबाट आको तेसैले चाडै भयो । मैले भने ए ..ए .. होला भन्दै म पनि खुसी हुदै भने ओके गाडी लाग्ने ठाउँमा जाउ है म्याक डोनाल्स को पछाडी तिरबाट हो , सेतो गाडीमा मुसासिनो लेखेको छ है । विध्यार्थी भाई – ए हुन्छ दाई जादै छु भने पछि म पनि दुक्क भए ।
काममा गए होला भनेर ढुक्कासँग बेसे । केही समयपछि कम्पनि बाट फोन आउछ अनि भन्छ– नेपाली २ जना कहाँ गयो ? फेरी दुवै जनालाई कल गर्छु दुवै जना लाई फोन जान्छ । तर दुवै जनाको फोन उठाउदैनन, जाँदै होलान फोन नउठाको मात्र होला रातिको एघार बजे काम छ कल गर्छु फोन जान्छ उद्दैन राती को एघार बजी सक्यो । कम्पनीबाट फेरी आउछ अनि भन्छ – नेपाली २ जना कहाँ गयो ? मलई माफ गर्नुहोला अहिलेको बस चढेर आउदै छन् भने तर यता फेरी कल गर्छु दुवै जना लाई तर फोन जान्छ तर उठाउदैनन । फेरी कम्पनिबाट फोन आउछ कति बजे सम्म आऊछन ?
मैले भने– माफ गर्नु होला म अब फेरी चेक गर्छु तर अब तुरुन्तै आउनु आउनु पर्ने हो । कम्पनीले भन्यो जसरि पनि आउनु पर्छ है मैले भने– हजुर हुन्छ ।
रातीको एघार बजेर २५ मिनेट हुन्छ फेरी हतार हतार कल गर्छु दुवै जना को फोन जान्छ तर उठाउदैनन । रातिको ११स्५४ बजेको हुन्छ अनि कम्पनिबाट फेरी फोन आउछ, हेलो नेपाली दुइ जना नै कहाँ गयो ?
माफ गर्नु होला दुवै जनाको फोन उड्दैन एकदमै गारो भयो, हजुरहरुलाइ त्यसको लागि माफ माग्न चाहन्न्छु । मैले भने । कम्पनिबाट फेरी भन्दै थिए तेरो दुवै जना आउदैन भन्दै अनि अफिसमा अरु सँग पनि भन्दै थिए कि (याप्पारी नेपारु जिन् दामे दाने ) तेसैले नेपाली राम्रो लाग्दैन
म जापानीज लाइ फोन मा माफि मागिरहेको थिए त्यसको लागि मलाई एकदमै माफ गर्नु होला हजुर तर मैले जति माफी मागे पनि कम्पनिमा मान्छेको आभाब त हुनेनै भयो भने यता त्यो कम्पनिको नजरमा मैले काम गर्ने कम्पनि र म नेपाली सबै एकै साथ नराम्रो भयो । अब त्यसको लागि लागि मलाई एकदमै माफ गर्नु होला हजुर भन्दा अरु के भन्न र गर्न सक्थे र किनकि राती को १२ बजी सकेको थियो ।
अब यो अवस्थामा मलाई माफ माग्नु भन्दा विकल्प थिएन त्यो साथीहरुको सट्टामा अरु लाई काममा पठाउन भने पनि रात को १२ :०० बजे बाट ट्रेनबन्द हुन थालि सकेको छ र यो एरियाको ट्रेन त १२ : ४५ बजे बाट त पुरै ट्रेनहरु बन्द भै सकेको हुन्छ र १२ : ४० भई सकेको अवस्था थियो ।
आदरणीय सम्पूर्ण साथीहरु तपाई हामी जहाँछौ । जो जे गर्छौ पार्ट टाईम काम, फुल टाईम काम जे गरेपनि पूर्ण रेस्पोनंसिपलिटि लिएर काम गरौँ । अहिले हामी जसरि काम गर्ने बानि बनाउछौ भबिष्यमा पनि तेसरी नै बानि बन्दै जान्छ । तेसैले जे गरे पनि जापानमा छौ या जहाँ छौँ जापानिजहरु बाट सिक्नै पर्नेकुराहरु धेरै छन जस मध्ये रेस्पोनंसिपलिटिका साथ मेहनती भएर काम गर्ने बानि पनी एक हो ।
जसले गर्दा नै आज जापान यहाँ सम्म पुग्न सफल भएको हो । जसरि हामी नेपाली पनि रेस्पोनंसिपलिटि भएरकाम गर्ने बानि भने तपाई हामी जो जापान आएका छौँ , हामीले सिक्नै पर्छ हाम्रो बानि ब्यावाहार परिबर्तन गर्न जरुरि छ जसरि माथि उल्लेख भएको मेरो आफ्नै भोगाइ हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस