रास्वपा केन्द्रीय समिति सदस्य रोहन कार्कीले वर्तमान सरकारप्रति विश्वास व्यक्त गर्दै पुँजी बजार विकासप्रति आशावादी धारणा सार्वजनिक गरेका छन्।
उनले जनताको व्यापक समर्थन प्राप्त नेतृत्वमा निजी क्षेत्र तथा पुँजी बजारमैत्री स्थिर सरकार गठन भएको उल्लेख गरेका छन्। हालको न्यून ब्याजदर र सुधारिँदो लगानी वातावरणले बजार विस्तारका लागि सकारात्मक आधार तयार गरेको उनको भनाइ छ।
कार्कीका अनुसार, रास्वपाको घोषणापत्रमै करिब ७५ लाख लगानीकर्ताको हितलाई केन्द्रमा राखेर पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र विस्तार गर्ने प्रतिबद्धता स्पष्ट रूपमा समावेश गरिएको छ। सोहीअनुसार आवश्यक नीतिगत तथा संरचनात्मक सुधार अघि बढाइने विश्वास उनले व्यक्त गरेका छन्।
उनले बजारमा फैलिने हल्ला तथा अफवाहबाट प्रभावित नहुन लगानीकर्तालाई आग्रह गर्दै दीर्घकालीन दृष्टिकोणका साथ लगानीमा भरोसा गर्न सुझाव दिएका छन्। अहिलेको अवस्था केवल सुरुवात मात्र भएको उल्लेख गर्दै आगामी दिनमा अझ सकारात्मक परिवर्तन देखिने दाबी उनले गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस