Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्त कम्पनीको सेयर संरचना परिवर्तन,संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व कति ?

अर्थ संसार

मंगलबार, १७ चैत्र २०८२, १५ : ३४ मा प्रकाशित

दुई लघुवित्त कम्पनीको सेयर संरचना परिवर्तन,संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व कति ?

दुई लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयर संरचना परिमार्जन गरेका छन्।

नेप्सेमा सूचीकृत सूर्योदय वोमी लघुवित्त र कालिका लघुवित्तले  सेयर संरचना परिमार्जन गरेका हुन्। सूर्योदय वोमी लघुवित्तले संस्थापक समूहको ६७.२९ प्रतिशत र सर्वसाधारणको ३२.७१ प्रतिशत सेयर कायम राख्दै २ लाख ९९ हजार ९२३.२५ कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरेको छ।

कालिका लघुवित्तले आफ्नो संरचना परिमार्जन गर्दै ५४.५२ प्रतिशत संस्थापक सेयर र ४५.४८ प्रतिशत सर्वसाधारण  सेयर कायम गरेको छ। यसका लागि ४ लाख ७ हजार ६९२.३० कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिणत गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको