अर्थ संसार, काठमाडौं– सातको पहिलो दिन आज (आइतबार) शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेप्से २२.३९ अंकले बढ्दा नेप्से इन्डेक्स १३१४.५१ विन्दुमा पुगेको छ । कुल १७६ वटा कम्पनीको ४९ लाख २१ हजार ८४ लाख कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ६७ करोड ५९ लाख ३८ हजार ८२० रुपैयाँको कारोबार भएको छ । क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.१८ अंकले बढेको छ ।
बढेको बजारमा होटल ९०.४ अंक, डेभलपमेन्ट बैंक ६.१ अंक, जलविद्युत ६२.५८ अंक, निर्जीवन लाईफ ४६२.७९ अंक, उत्पादन ४६.३७ अंक, अन्य ५.६३ अंक, माइक्रोफाइनान्स ९१.०८ अंक र लाइफ इन्स्योरेन्स ६२९.३८ अंकले बढेको छ । यता, बैकिङ ९.०२ अंक र फाइनान्स ०.६८ अंकले घटेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस