अर्थ संसार, काठमाडौं– गुराँस लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) सोमबारबाट निष्कासन भएको छ । संस्थाले २ दुई लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको हो ।
संस्थाले जारी गरको कुल आइपीओमध्ये तीन हजार आठ सय ७५ कित्ता कर्मचारीको लागि, १२ हजार पाँच सय कित्ता सामूहिक लगानी कोषको लागिे बिक्री गर्नेछ भने र बाँकी रहेको दुई लाख ३३ हजार छ सय २५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको हो ।
जसमा न्यूनतम १० र अधिकतम ५०० कित्तासम्मका लागि आवेदन दिन सकिन्छ ।
उक्त आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआइविएल एस क्यापिटलले गर्ने भएको छ । लगानीकर्ताले यस संस्थाको आइपीओमा छिटोमा वैशाख २० र ढिलोमा जेठ १४ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रबन्धक कम्पनीले जनाएकोे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस