Like us!
Follow us!
Connect us!
Watch us!
श्रमिकका लागि श्रमिक दिवस नै ‘खल्लो’

“तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन”

बुधबार, १८ बैशाख २०७६, १९ : ५१ मा प्रकाशित

“तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन”

अर्थ संसार, इलाम- आज १३० औं  अन्तर्राष्ट्रिय श्रमिक दिवस देशभर धुमाधामसँग मनाइयो । चिया श्रमिकका लागि भने आफ्नै दिवस पनि खल्लो भएको छ । श्रमिक पारिश्रमिककै लागि एक महीना यता आन्दोलनमा छन् । 

सरकारी चिया बगान र कारखानाका श्रमिकले सरकारले तोके बमोजिमको ज्याला नदिएको भन्दै चिया श्रमिक आन्दोलनमा नै उत्रिएका हुन् । आन्दोलनलकै कारण श्रमिकले आज सामान्य तरिकाले मात्र दिवश मनाए । दिवसको अवसरमा चिया श्रमिकले सामान्य अन्तक्र्रिया कार्यक्रम मात्रै गरेका छन् । 

चिया श्रमिक तथा अखिल नेपाल चिया मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष उमेश रेग्मीले ज्यालाको माग पूरा नभएपछि दिवसमा समेत ज्यालाकै बारेमा छलफल भएको बताउनुभयो । “खासै हर्षोल्लासका साथ दिवस मनाइएन । तोकिएकै ज्याला नपाएपछि श्रमिक दिवस मनाउनुको औचित्य छैन”, रेग्मीले गएका वर्षका श्रमिक दिवसलाई सम्झदै भन्नुभयो, “हामी ¥याली तथा अन्य विभिन्न कार्यक्रम गरेर दिवस मनाउथ्यौँ तर यो वर्ष खास केही गरिएन ।”

सरकारले जारी गरेको ज्याला नपाएपछि काम नै छाडेर मजदूर आन्दोलनमा होमिएका हुन् । उनीहरूले माग पूरा नभएसम्म आन्दोलनमै रहने चेतावनीसमेत दिइरहेका छन् । “हामीले ज्यालाकै मुद्दालाई लिएर चिया दिवस पनि मनाएनौँ । किनकि हामीलाई श्रमिकका रूपमा हेरिएकै छैन । त्यसैले चिया दिवसको अवसरमा पनि विरोध ¥याली निकाल्यौँ”, नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ इलामका अध्यक्ष रमेश खड्काले भन्नुभयो, “हामीले अरू माग राखेकै होइन । सरकारले तोकेको ज्याला पाउँ । त्यसपछि हामी काममा फर्कन्छौँ ।”

सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी बगानमा काम गर्ने चिया श्रमिकको न्यूनतम दैनिक ज्याला रु ३८५ तोके पनि श्रमिकले रु २६५ देखि रु ३०८ सम्म मात्र पाउँदै आएका थिए । उद्योगमा काम गर्ने श्रमिकलाई दैनिक रु ४२ थपेर रु ४२७ ज्याला तोकिएको छ । राजपत्रमा श्रमिकको न्यूनतम मासिक ज्याला रु ६ हजार ४६९ र मङ्गी भत्ता रु चार हजार ३८१ तोकिएको छ । यो कुनै प्रावधान कार्यान्वयनमा आएको छैन । ज्याला मात्र नभई श्रम ऐन–२०७४, श्रम नियमावली–२०७५, सामाजिक सुरक्षा ऐनसमेत कार्यान्वयनमा ल्याउन माग राखिएको छ । 

अहिले इलामका सरकारी स्वामित्वका चिया बगान इलाम चिया बगान, चिलिमकोट चिया बगान, कन्याम चिया बगान र सोक्तिम चिया बगानका श्रमिक काम नै ठप्प पारेर आन्दोलनमा छन् भने झापाका टोकला चिया बगान, बर्ने चिया बगान र बाह्रदशी चिया बगानका श्रमिक पनि काम छाडेर हड्तालमा छन् । रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको