Like us!
Follow us!
Connect us!
Watch us!

धनगढी विमानस्थल आजदेखि एक महिनाका लागी बन्द

आइतबार, २२ बैशाख २०७६, १४ : १४ मा प्रकाशित

धनगढी विमानस्थल आजदेखि एक महिनाका लागी बन्द

अर्थ संसार, काठमाडौं - सुदूरपश्चिम प्रदेशमा संञ्चालनमा रहेको धनगढी विमानस्थल एक महिनाका लागि बन्द गरिएको छ। धावनमार्ग अति जिर्ण भएकाले स्तरोन्नतीका लागि आज देखि आगामी जेठ २१ गते सम्म एक महिनाका लागि विमानस्थलमा उडान बन्द गरि काम थालिएको हो । 

१० बर्षमा मर्मत गनुपर्ने विमानस्थल १४ बर्ष सम्म पनि मर्मत नभएका कारण तत्काल मर्मत गर्न जरुरी रहेको विमानस्थल कार्यालयले  जनाएको छ । एक महिना सम्म विमानस्थल बन्द हुने भएपछि  एक महिनासम्म यात्रुले काठमाण्डौ धनगढी हवाई यात्रा गर्न नपाउने भएका हुन्  ।

धावनमार्ग मर्मतका लागि  धनगढी विमानस्थल एक महिना सम्म बन्द भए सुदूरपश्चिममा सवैभन्दा बढि स्वास्थ्य क्षेत्र प्रभावीत हुने देखिएको छ। स्वास्थ्य सेवामा पनि धेरैजसो जटिल प्रकृतीका र अन्य रेफर गरिएका विरामीहरुलाई उपचारका लागि अन्य लैजान ठुलो समस्या हुने देखिएको छ। उक्त प्रदेशका जनताले विमानस्थलले अन्य विकल्प खोजेर मात्रै धनगढी विमानस्थल बन्द गनुपर्ने माग राख्दै आएका थिए ।

१८ करोडको लगानीमा धनगढी विमानस्थलमा धावनमार्ग र पार्कीङ क्षेत्र विस्तार गर्ने, एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना रहेको  धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए। 

धनगढी विमानस्थल बाट अहिले धनगढी–काठमाडौँ रुटमा दैनिक ५ वटा उडान हुदै आएको छ । जसमा करिब ६ सय भन्दा बढी यात्रुले दैनिक सेवा लिईरहेका छन् । नेपाल एयरलाइन्स, बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सले धनगढी – काठमाण्डौ उडान भर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको