Like us!
Follow us!
Connect us!
Watch us!

विवाह भएको ५० वर्षपछि पुनः विवाह गर्दै प्रचण्ड

आइतबार, २२ बैशाख २०७६, १७ : ११ मा प्रकाशित

विवाह भएको ५० वर्षपछि पुनः विवाह गर्दै प्रचण्ड

अर्थ संसार, काठमाडौं -  नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ । 

प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ । 

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो ।  प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ ।

यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको