Like us!
Follow us!
Connect us!
Watch us!

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ?

सोमबार, २३ बैशाख २०७६, ०८ : ४५ मा प्रकाशित

एनएलजी इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद जारी गर्ने, बुक क्लोज कहिले ?

अर्थ संसार, काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनीको विशेष साधारणसभा जेठ १४ गते हुने भएको छ । कम्पनीको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ६० प्रतिशत (१०ः६ अनुपातमा) हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभा प्रयोजनका लागि शेयरधनी दर्ता पुस्तिका जेठ ६ गते बन्द रहनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ६४ करोड ४ लाख छ । ६० प्रतिशत हकप्रद शेयर निष्कासन गरेपछि पूँजी रू. १ अर्बभन्दा बढी पुग्नेछ ।

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्याउन निर्देशन दिएको थियो । सोहीअनुसार पूँजीवृद्धिका लागि कम्पनीले हकप्रद शेयर जारी गर्न लागेको हो । आइतवार कम्पनीको शेयरमूल्य ३० अंक बढेर रू. ८ सय ८२ पुगेको छ । कम्पनीले हकप्रद शेयर जारी प्रस्ताव गरेपछि शेयरमूल्य बढेको हो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको