अर्थ संसार, काठमाडौं - नेपाल राष्ट्र बैंकले बैशाख २४ गते अर्थात आज मंगलबारका लागि एक अमेरीकी डलरको खरिददर ११० रुपैयाँ ७६ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपैयाँ ३६ पैसा कायम गरेको छ । सोमबार राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ४५ पैसा र बिक्रीदर १११ रुपैयाँ ०५ पैसा कायम गरेको थियो। हिजोको तुलनामा आज अमेरीकी एक डलरको खरिददरमा एक रुपैयाँ बढेको छ।
एक युरोको खरिददर १२४ रुपैयाँ ०७ पैसा छ भने बिक्रिदर १२४ रुपैयाँ ७५ पैसा रहेको छ ।सोमबार एक युरोपियन युरोको खरिददर १२३ रुपैयाँ ७४ पैसा रहेको थियो भने बिक्रीदर १२४ रुपैयाँ ४२ पैसा रहेको कायम गरेको थियो।
एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४५ रुपैयाँ १३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ९२ पैसा रहेको छ । भने सोमबारको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३६ पैसा रहेको थियो।
यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रिदर ३० रुपैयाँ ५९ पैसा रहेको छ र कुवेती एक दिनारको खरिददर ३६४ रुपैयाँ १५ पैसा र बिक्रिदर ३६६ रुपैयाँ १२ पैसा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस