अर्थ संसार, काठमाडौं– सूर्या लाइफ इनस्योरेन्सले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिने भएको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँको १२ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको हो । यस्तै, बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिने भएको छ ।
प्रस्तावित लाभांश बिमा समितिको स्वीकृतिपछि वार्षिक साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ । सभाले अनुमोदन गरेपछि मात्र लाभांश वितरण हुनेछ । कम्पनीले हाल कायम पुँजीमै ७० प्रतिशत हकप्रद जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । प्रस्तावित १२ प्रतिशत बोनस र ७० प्रतिशत हकप्रदपछि चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस