Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

विहीबार, ०२ जेठ २०७६, १८ : २० मा प्रकाशित

एनएमबि र ओम डेभलपमेन्ट बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

अर्थ संसार, काठमाडौं–  एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकले मर्जरमा जाने सम्झौतामा बिहीबार हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा एनएमबि बैंकका सञ्चालक प्रदीपराज पाण्डे र ओमका सञ्चालक योगेन्द्रलाल प्रधानले हस्ताक्षर गरेका  हुन् ।

 
आगामी २ महिनाभित्र मर्जर सम्पन्न गर्ने एनएमबि बैंकका सीइओ सुनिल केसीले बताएका छन् । मर्जरपछि बन्ने बैंकको नाम पनि एनएमबि नै राखिने भएको छ ।

एनएमबि बैंक सञ्चालनमा आएको २२ वर्ष भएको भने ओम सञ्चालनमा आएको १९ वर्ष बितिसकेको छ ।
 
तेस्रो त्रैमाससम्म आइपुग्दा एनएमबिको चुक्ता पुँजी ९ अर्ब ६१ करोड ८१ लाख रुपैयाँ रहेको छ । राष्ट्रियस्तरको विकास बैंक ओमको चुक्ता पुँजी २ अर्ब ५१ लाख ५२ लाख रुपैयाँ रहेको छ ।

मर्जर पश्चात बैकको कूल पुँजी तथा जगेडा कोषमा बृद्धि भई २० अर्ब ४२ करोड हुने छ भने निक्षेप र कर्जा क्रमश १ खर्ब र १ अर्ब१३ अर्ब पुग्नेछ । एनएमबि बैंले सन् २०१७  र सन् २०१८ मा लगातार दुई पटक बैंक अफ दी ईयर प्राप्त गरेको छ ।

5cdd5e2159d63.jpg 5cdd5e228d1ce.jpg 5cdd5e255ba95.jpg 5cdd5e2755da4.jpg 5cdd5e2a032df.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको