अर्थ संसार, काठमाडौ- भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ ।
भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ । जिल्लाको सीमावर्ती नाका ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाका बन्द हुने छन् ।
प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ ५ गते साँझ ६ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ । भारतको उत्तर प्रदेशमा जेठ ५ गते निर्वाचन हुँदैछ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा सुरक्षा अवस्था निकै कडा बनाइएको छ ।
यतिबेला पश्चिम नवलपरासीको सिमाना ठूठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाकालाई सुरक्षा दृष्टिकोणले सुरक्षा व्यवस्था कडा बनाइएको छ । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस