Like us!
Follow us!
Connect us!
Watch us!

धनगढी विमानस्थलको अनुगमन

कमला भुसाल

शुक्रबार, ०३ जेठ २०७६, १६ : ३३ मा प्रकाशित

धनगढी विमानस्थलको अनुगमन

अर्थ संसार, कैलाली- स्तोरोन्नतिका लागि निर्माणकार्य भइरहेको कैलालीको धनगढी विमानस्थलको बिहीबार यहाँका स्थानीय जनप्रतिनिधिलगायत सरोकारवालाले अनुगमन गरेका छन् ।

धावनमार्ग र पार्किङ क्षेत्र विस्तारको मर्मतकार्य भइरहेको विमानस्थलको धनगढी उपमहानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग वाणिज्य सङ्घका प्रतिनिधिको टोलीले अनुगमन गरेका हुन् । सोही क्रममा उपमहानगरप्रमुख नृपबहादुर वडले निर्धारित समयभित्र काम सम्पन्न गर्न स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजीकरणका लागि तयार रहेको बताए। कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले निर्माण कम्पनीले स्रोतसाधन प्रयोग गरेर मर्मतलाई गति दिएकाले आशलाग्दो प्रगति देखिएको बताए ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्न अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यक रहेको उल्लेख गर्नुभयो । अहिले ६० मिटर चौडाइ र एक हजार ८०० मिटर लम्बाइको कालोपत्र धावनमार्ग रहेकामा धावनमार्ग स्तरवृद्धिसँगै दुवैतर्फ दुई/दुई मिटर फराकिलो बनाउने योजनासमेत रहेको बताइएको छ । यस्तै अहिले तीन जहाज पार्किङ व्यवस्था रहेकामा अब थप एक जहाज पार्किङ गर्नसक्ने गरी पार्किङ क्षेत्र विस्तारको काम भइरहेको छ ।

विमानस्थलमा एप्रोच लाइट र अन्य लाइटहरु, थप सञ्चार उपकरण वृद्धिलगायतका सेवा थप र विस्तारको योजना पनि रहेको जनाइएको छ । विमानस्थलको मर्मत कार्य भइरहेकाले वैशाख २२ गतेदेखि जेठ २१ गते सम्म अर्थात् एक महीनाका लागि नियमित हवाई उडान बन्द गरिएको छ । धनगढी विमानस्थल नेपालको त्रिभुवन विमानस्थलपछिको ठूलो दोस्रो धावनमार्ग भएको विमानस्थल हो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको