Like us!
Follow us!
Connect us!
Watch us!

तपाईले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ?

बुधबार, ०८ जेठ २०७६, १७ : १८ मा प्रकाशित

तपाईले बिक्री गरेको सवारी साधनको नामसारी गर्नु भयो ?

अर्थ संसार, काठमाडौं– गीतानगरका उपेन्द्र पण्डितको मोबाइलमा धादिङका प्रहरी हबल्दारले टेलिफोन गरेर उहाँको नामको  मोटरसाइकल जुधेर मानिसको मृत्यु भएको खबर दिए । पण्डितलाई यो कुरा सुन्ने बित्तिकै छाँगाबाट खसे जस्तो अनुभव भयो ।

आफूले चार वर्षअघि रिकण्डिसन हाउसमार्फत बिक्री गरेको मोटरसाइकल अर्को मोटरसाइकलमा ठक्कर खाँदा आफैले बेचेको मोटरसाइकलका चालकको मृत्यु भएको रहेछ । प्रहरीले सो मोटरसाइकल धनी खोज्दै जाँदा यातायात व्यवस्था कार्यालयमा पण्डितको नाम फेला पर्यो । त्यसपछि प्रहरीले कसरी त्यो मोटरसाइकल त्यहाँ पुग्यो भनेर पण्डितको खोजी गर्न थाल्यो ।

रिकण्डिसनमा बिक्री गरेको कागजका कारण पण्डित त बच्नुभयो । तर यस्तै तवरले सवारी साधन बिक्री गरेकाहरु फस्ने गरेको जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा शाखामा कार्यरत प्रहरी नायब निरीक्षक शैलेन्द्रकुमार खड्का बताउनुहुन्छ । यस्ता घटना धेरै आउने गरेको उहाँले बताउनुभयो ।
 
मोटरसाइकल, गाडी जस्ता सवारी साधन विश्वासमा अरूलाई बिक्री पछि पनि नामसारी नगरी चलाउन दिन नहुने खड्काको भनाइ छ । ती सवारी साधन दुर्घटना हुँदा त्यसको दोषी आफू हुन्छु भन्ने थाहा भई बेवास्ता गर्दा धेरै फस्ने गरेको उहाँले बताउनुभयो । सरकारी वकिलले सवारी धनीपूर्जामा जस्को नाम छ उही प्रतिवादी बनाउने हुँदा धेरैले सानो कमजोरीका कारण ठूलो क्षति बेहोर्न बाध्य भएको खड्काको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सवारी साधन बिक्री गरेपछि तत्काल नामसारी गर्नुपर्ने बताउनुहुन्छ । अर्काको सवारी साधन चलाउनेलाई पनि राम्रो नहुने भन्दै उहाँले यो सन्देश सबै सवारी धनीलाई पुर्याउन जरुरी देखिएको जानकारी दिनुभयो ।

आफ्ना सवारी साधन बिक्री गरेर नामसारी नगरेकाहरु धेरै रहेका छन् । विश्वासका आधारमा बस्दा सवारी साधन किनेकाहरुले बीमा नगर्ने, सवारी साधनको नवीकरण नगर्ने जस्ता समस्या देखिने गरेको छ । यसको दोषी पनि सवारी धनी हुने गरेका छन् । धेरै सवारी साधन पुराना भएपछि बढी बिक्री वितरण हुने गर्दछ । खरीद गरेकाहरुले आफ्नो नाममा नभएमा नवीकरण नै नगरी सञ्चालन गरीदिँदा सरकारी राजश्वमा स्वयम् सवारी धनीको बक्यौता बसिरहने समस्या हुने गर्दछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको