अर्थ संसार, काठमाडौं– एनआईबीएल म्युचुअल फण्ड अन्तरगत संचालित एनआईबीएल सहभागिता फण्डले जेठ १९ गतेदेखि १ करोड २५ लाख इकाई विक्री खुल्ला गर्ने भएको छ ।
कम्पनीले पहिलो खुलामुखी योजना संचालनमा ल्याएको हो । योजनाले पहिलो चरणमा सर्वसाधारणलाई एकाई विक्री गर्नेछ ।
यो जनाले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैशाख ९ गते ५ करोड एकाई विक्री गर्न अनुमति पाएको थियो ।
कुल ५ करोड एकाईमध्ये बीज पूँजीवापत १० लाख एकाई योजना व्यवस्थापक एनआईबीएल एस क्यापिटल तथा ६५ लाख एकाई कोष पवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकलाई छुट्याएर कुल निश्कासनको १५ प्रतिशत अर्थात ७५ लाख एकाई सुरक्षित राखी बाँकी ४ करोड २५ लाख एकाई निश्कासन हुनेमा पहिलो चरणमा १ करोड २५ लाख एकाई बिक्री गर्न लागको हो ।
आवेदकले न्यूनतम सय र अधिकतम २ लाख ५० हजार एकाईका लागि आवेदन दिन सक्नेछन् । एकाई निश्कासन बन्द मिति छिटोमा जेठ २२ र ढिलोमा असार १६ गतेसम्म रहेको छ । यस एकाइमा आवेदकले सिआस्वा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन् ।
खुलामुखी योजना धितोपत्र बजारमा सूचिकृत नहुने भएकाले दोस्रो बजारमा कारोबार हुँदैन । योजना व्यवस्थापक र कोष प्रवद्र्धक आफै वा अन्य संस्थाहरुलाई विवरण तोकी खरिदबिक्री गर्न सक्ने व्यवस्था हुने छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस