Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको आइपीओ निश्कासन

मंगलबार, १४ जेठ २०७६, १० : ४३ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको आइपीओ निश्कासन

अर्थ संसार, काठमाडौं – हिमाल दोलखा हाइड्रोपावर कम्पनीले  स्थानीय बासिन्दाका लागि  मंगलबारदेखि साधारण शेयर (आइपिओ) निश्कासन गरेको छ ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १६ लाख कित्ता आइपीओ आयोजना प्रभावित क्षेत्रका लागि बिक्री खुला गरेको हो । आइपिओ छिटोमा जेठ २८ गते र ढिलोमा असार १३ गतेसम्म विक्री रहनेछ ।  

आयोजनाको अति प्रभावित क्षेत्र इलाम जिल्लाको इलाम नगरपालिका वडा नं ९, १० र माई नगरपालिका वडा नं ९ का बासिन्दा तथा आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानिय बासिन्दाले यस आइपीओमा आवेदन दिन सक्नेछन् । हिमाल दोलखाले जारी गरेको यो आइपीओमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिन्छ ।
 
 हिमाल दोलखाले हाल जारी पुँजी १ अर्ब ६० करोड रुपैयाँको १० प्रतिशत शेयर  स्थानीयका लागि जारी गरेको हो । यसमा सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।

 कहाँबाट आवेदन दिने ?
 
यस आइपीओमा लगानीकर्ताले लक्ष्मी बैंक (चोक बजार–इलाम), एभरेष्ट बैंक (फिक्कल–इलाम), सिद्धार्थ बैंक (इलाम), सेन्चुरी बैंक (भानुपथ–इलाम), ग्लोबल आइएमई बैंक (फिक्कल–इलाम),  माछापुच्छ्रे बैंक (इलाम), एसबीआई बैंक (इलाम) र आयोजना स्थल इलाम नगरपालिका वडा नं ९ र १० बाट आवेदन दिन सकिन्छ । साथै, सी–आस्वा सेवा प्रप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको