चालू आवको चैत मसान्तसम्ममा बैंकले रू. २ अर्ब २७ करोड नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४५ प्रतिशत बढी हो । बैंकले सो अवधिमा रू. ९२ करोड ७९ लाख नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । बिहीवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ४८५ कायम भएको छ । यो मूल्य अघिल्लो दिनभन्दा ५ अंक बढी हो ।





प्रतिक्रिया दिनुहोस