अर्थ संसार, काठमाडौं– शुक्रबार नबिल व्यालेन्स फण्ड २ का ईकाईहरु बाँडफाँड गरिएको छ । नबिल बैंक कोष प्रबन्धक तथा नबिल इन्भेष्टमेण्ट बैंकिंङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको फण्डको १२ करोड इकाईहरु गत बैशाख ५ देखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टको अनुसार ३४ हजार १४१ जनाले फण्डको इकाइमा आवेदन गरेकोमा ३३ हजार ९८ आवेदकलाई मात्र बाँडफाँड प्रकृयामा सहभागि गराइएको छ । १ हजार ४३ आवेदन रद्ध गरिएको छ ।
३४ हजार १४१ आवेदकहरुबाट जम्मा १० करोड ४२ लाख २६ हजार ७३० इकाई माग भएको थियो । १ करोड २ लाख ८६ हजार ७६० इकाई माग गरेका १ हजार ४३ वटा आवेदन रद्ध भएको छ ।
बाँकी सबै आवेदकलाई ९ करोड ३९ लाख ३९ हजार ९७० इकाई बाँडफाँड गरी राउण्डअफ गरी योजना व्यवस्थापकले ६० हजार ३० ईकाइ बीज पूँजीको रुपमा थप गरेको छ ।
बीज पूँजी बापत न्युनतम १ करोड ८० लाख ईकाइ मध्ये कोष प्रबन्धक नबिल बैकलाई १४ प्रतिशतले हुन आउने १ करोड ६८ लाख ईकाइ छुट्याइएको थियो । योजना व्यवस्थापक नबिल इन्भेष्टमेण्ट बैंकिंङ्गलार्ई १ प्रतिशतले हुन आउने १२ लाख इकाई छुट्याएर बाँकी रहेको १० करोड २० लाख ईकाइ सर्वसाधारणमा निष्काशन भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस