Like us!
Follow us!
Connect us!
Watch us!

लिभरपुलले युएफा च्याम्पियनसिप जित्दा कति कमायो होला? हेर्नुस् हिसाब किताब

कमला भुसाल

आइतबार, १९ जेठ २०७६, १८ : २१ मा प्रकाशित

लिभरपुलले  युएफा च्याम्पियनसिप  जित्दा कति कमायो होला? हेर्नुस् हिसाब किताब

अर्थ संसार, काठमाडौं– युएफा च्याम्पियनसिप लिगको फाइनल सम्पन्न भइसकेको छ। फाइनलमा ङ्ग्लिश क्लब लिभरपूलले आफ्नै घरेलु प्रतिद्वन्दी टोली टोटनह्यामलाई २-० को नतिजा निकाल्दै  च्याम्पियनसिप आफ्नो पोल्टामा पार्न सफल भइसकेको छ।

संसारभर लोकप्रिय यस च्याम्पियनसिपको विजेताले कति पुरस्कार पाउने जिज्ञासा हुन् सक्छ जुन आज हामी  केलाउँदै छौं। 

युएफाले २०१८–१९ का च्याम्पियनसिपको पुरस्कार पैसा गत जुन महिनामै प्रकाशित गरिसकेको छ ।

जस अन्तरर्गत च्याम्पियनसिप लिग बिजेताले १९ मिलियन युरो अर्थात २१.२ मिलियन डलर प्राप्त गर्नेछ । र फाइनलमा पुग्ने अर्को टोलिले त्यस्तै १५ मिलियन युरो प्राप्त गर्नेछ । आर्थात् लिभरपुलले १९ मिलियन डलर र टोटनह्यामले १५ मिलियन सुरक्षित गरेको अवस्था छ । 

दुवै क्लबले यस अगाडी ग्रुप  चरण पार गर्दै १५.२५ मिलियन युरो आफ्नो क्लबको पोल्टामा पार्न सफल भएको छ । त्यसपछि नकआउट चरण पार गर्दा ९.५ मिलियन युरो र १५ मिलियन युरो गरी ३२ मिलियन युरो प्राप्त गर्ने ब्यवस्था 
बताइएको छ । 

यस सँगसँगै ग्रुप चरणमा जितेका अनुसार लिभरपुलले ८.१ मिलियन युरो र टोटनह्यामले ७.५ मिलियन युरो लैजालेछन् ।

हिजो रातिको फाइनल पछि लिभरपुलले ७४.३७ मिलियन युरो आफ्नो क्लबको मुठीमा पार्न सफल भएको छ भने टोटनह्यामल ७३.४५ युरो पाउने हिसाब देखिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको