Like us!
Follow us!
Connect us!
Watch us!

नागरिक लगानी कोषको शेयर किन्ने अन्तिम मौका आज

अर्थ संसार

मंगलबार, २१ जेठ २०७६, १० : ०६ मा प्रकाशित

नागरिक लगानी कोषको  शेयर किन्ने अन्तिम मौका आज

अर्थ संसार, काठमाडौं–  नागरिक लगानी कोषको  संस्थापक शेयर भर्ने मंगलबार अर्थात जेठ २१ गते अन्तिम दिन रहेको छ ।

प्रिमियर इन्सुरेन्सले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता  संस्थापक शेयर  जेठ १ गतेदेखि लिलामीमा ल्याएको हो ।

 शेयरको न्यूनतम मूल्य २ हजार ५०० रुपैयाँ तोकिएको छ । सोही मूल्यलाई न्यूनतम आधार मानेर लिलामी भर्नुपर्नेछ ।  बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल, काठमाडौं पुग्नगरी बोलपत्र पेश गर्न सकिनेछ । यसैगरी, प्रिमियरको केन्द्रीय कार्यालय, नारायणचौर नक्सालबाट पनि आवेदन दिन पाइन्छ ।
 
यता, ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा र बुटवल शाखाबाट आवेदन दिन सकिनेछ । बाग्लुङ, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न पाउने व्यवस्था छ ।

5cf5f4405a8ef.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको