अर्थ संसार, काठमाडौं – जेठ १६ गतेदेखि लीलामीमा आएको नेपाल इन्भेष्टमेन्ट बैंकको शेयरका लागि आवेदन दिने बिहीवार अन्तिम दिन रहेको छ ।
बैंकले यसअघि वितरण हुन नसकेको संस्थापकतर्फको २ लाख १४ हजार ६१० कित्ता शेयर लीलाम विक्री गर्न लागेको हो । यस शेयरको न्यूनतम मूल्य प्रतिशेयर रू. १०० तोकिएको हुँदा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
बोलकबोल गर्दा न्यूनतम ३ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ । यस शेयरको विक्रीप्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड छ ।
बुधवारको कारोबारमा मंगलवार भन्दा २ अंक घटेर अन्तिम मूल्य रू. ५३२ कायम भएको छ । यस दिन बैंकको शेयर अधिकतम रू. ५३६ र न्यूनतम रू. ५३१ सम्म कारोबार भएको छ । नेपाल इन्भेष्टमेन्ट र जेविल्स फाइनान्स मर्जरका
लागि तयारी गर्दै छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस