Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २ अर्ब ७५ करोडको कारोवार

अर्थ संसार

आइतबार, २६ जेठ २०७६, १० : ५९ मा प्रकाशित

शेयर बजारमा २ अर्ब ७५ करोडको कारोवार

अर्थ संसार, काठमाडौं– धितोपत्र बजारमा यस साता रु दुई अर्ब ७५ करोड ६२ लाख ९८ हजार १५२ बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७२ कम्पनीको ८३ लाख ६६ हजार २५५ कित्ता शेयर कारोवार भए ।

कारोवार मापक नेप्से परिसूचक २१ विन्दुले घटेको छ । साताको पहिलो दिन एक हजार ३०५.६८ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन एक हजार २८४.५९ बिन्दुमा झरेर बन्द भयो ।

साताको पहिलो दिन शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो । सो दिन नेप्से परिसूचक १३.७९ बिन्दुले घटेर एक हजार ३०५.६८ अङ्कमा झर्यो।

स्टकका अनुसार सो दिन कूल १६६ कम्पनीको २० लाख ७८ हजार ९१ कित्ता शेयर रु ७५ करोड ३२ लाख ५७ हजार २०९ मूल्यमा खरीद बिक्री भए ।

यस्तै दोस्रो दिन, कारोवार मापक नेप्से परिसूचक १२.८४ बिन्दुले घटेर एक हजार २९२.८४ अङ्कमा झर्यो।एक हजार तीन सय बिन्दु माथि पुगेको बजार घटेर एक हजार दुई सयको बिन्दुमा झर्यो । सो दिन  कूल १७१ कम्पनीको २१ लाख ७६ हजार ३७० कित्ता शेयर रु ६९ करोड ८७ लाख ३९ हजार ७०६ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको तेस्रो दिन पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । सो दिन  मापक नेप्से परिसूचक ३.५६ बिन्दुले घटेर एक हजार २८९.२८ अङ्कमा पुग्यो ।

स्टकका अनुसार कूल १७२ कम्पनीको २२ लाख ५२ हजार ५४६ कित्ता शेयर रु ७१ करोड ५४ लाख ७८ हजार ६१२ मूल्यमा खरीद बिक्री भए । बुधबार भने सार्वजनिक बिदा परेका कारण शेयर बजार पनि बन्द रह्यो ।

बिहीबार पनि कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो । सो दिन  नेप्से परिसूचक ४।६९ बिन्दुले घटेर एक हजार २८४.५९ अङ्कमा झर्यो । सो दिन कूल १७२ कम्पनीको १८ लाख ५९ हजार २४८ कित्ता शेयर रु ५८ करोड ८८ लाख २२ हजार ६२५ मूल्यमा खरीद बिक्री भए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको