Like us!
Follow us!
Connect us!
Watch us!

सुन सँगै चाँदीको मूल्य पनि घट्यो

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, १० : ४० मा प्रकाशित

सुन सँगै चाँदीको मूल्य पनि घट्यो

अर्थ संसार, काठमाडौं- साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छापवाला सुनको मूल्य आज ३०० रुपैयाँले घटेर ६२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ। 

त्यस्तै आज तेजाबी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको छ।  महासंघले आज प्रति १० ग्राम छापवाला सुनको मूल्य ५३ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजाबी सुनको मूल्य ५३ हजार १६० रुपैयाँ कायम गरेको छ। 

त्यसैगरी आज चाँदीको मूल्यमा पनि १५ रुपैयाँको गिरावट आएको छ।  आइतबार प्रतितोला ७२५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ७१५ रुपैयाँमा कारोबार भएको छ। महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ६१३ रुपैयाँ कायम गरेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको