Like us!
Follow us!
Connect us!
Watch us!

सूर्या लाइफको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

कमला भुसाल

सोमबार, २७ जेठ २०७६, ११ : १५ मा प्रकाशित

सूर्या लाइफको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, एजीएम कहिले ?

अर्थ संसार,काठमाडौं- सूर्या लाइफ इन्सुरेन्सले आगामी असार ११ गते वार्षिक साधारण गर्ने भएको छ। साधारण सभा होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे सुरु हुनेछ ।  सभामा कम्पनीले १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सभामा पेश गर्नेछ ।

कम्पनका लगानीकर्ताले १२ प्रतिशत बोनस सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले  जेठ २८ गते मंगलबारदेखि असार ४ गतेसम्म बुक क्लोज गर्दैछ । तसर्थ, जेठ २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तवित लांभाश पाउनेछन् ।

कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँको १२५ बोनस सेयर दिन लागेको हो । बोनसमा लाग्ने कर तिर्न ७१ लाख ४८ हजार ८४२ रुपैयाँ नगद लाभांश पनि दिनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको