Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको “बचत पनि विमा पनि” बचत खाता योजना

अर्थ संसार

सोमबार, २७ जेठ २०७६, १६ : ४९ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको “बचत पनि विमा पनि” बचत खाता योजना

अर्थ संसार, काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहक महानुभावहरुको सुविधाहरुलाई मध्येनजर गर्दै अझ बढी लाभान्वित तुल्याउनको लागि “बचत पनि विमा पनि” नयाँ बचत खाता संचालनमा ल्याएको छ ।

यस अन्तगर्तत जीवन सुरक्षा (सरल), जीवन सुरक्षा    (रजत) तथा जीवन सुरक्षा (स्वर्णिम) गरी थप ३ वटा नयाँ बचत खाताहरु रहेका छन् । जस अन्तर्गत ती खाताहरु खोल्ने ग्राहक महानुभावहरुलाई जम्मा रु. १६ लाख सम्मको विमाको व्यवस्था गरिएको छ जुन खाताको प्रकृति हेरी दुर्घटना विमा, औषधि उपचार विमा तथा घाटक रोगको उपचार वीमा सम्बन्धी सुविधाहरु रहेका छन् ।

जुन खाता खोल्दा ग्राहक महानुभावहरुले मासिक ७ % ब्याज प्राप्त गर्न सक्नुहुनेछ भने न्यूनतम मौज्दात रु.५०००/–, रु.१५०००/– तथा रु.२५०००/– रहेका छन् । यो खाता खोल्ने ग्राहक महानुभावहरुले लकर सुविधामा विषेश छुट, निशुल्क ABBS तथा एटिएम भिसा कार्ड, मोबाईल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमा १ वर्षको लागि निशुल्क सुविधा प्राप्त गर्न सक्नुहुनेछ ।

यसरी सांग्रिला डेभलपमेन्ट बैंकले  बैकिङ्ग सम्बन्धी विभिन्न सुविधाहरु अन्तर्गत ग्राहकहरुको सेवा अन्तर्गत ग्राहकहरुले बैंकको हाल संचालनमा रहेका ८५ वटै शाखाहरुबाट आफ्ना ग्राहक वर्गहरुलाई यो नयाँ बचत खाता योजनाको  थालनी गरेको बैंकले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको