अर्थ संसार, काठमाडौं- नेपाल राष्ट्र बैंकले असार ४ गते अर्थात आज बुधवारका लागि अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ २३ कायम गरेको छ भने बिक्रीदर १११ रुपैयाँ ८३ पैसा कायम गरेको छ। मंगलबार अमेरिकी एक डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र बिक्रीदर ११२ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो।
त्यस्तै आज यूरोपियन एक युरोको खरिददर १२४ रुपैयाँ ५० पैसा र बिक्रीदर १२५ रुपैयाँ १७ पैसा कायम गरेको छ। मंगलबार युरोपियन युरोको खरिददर १२५ रुपैयाँ १३ पैसा र बिक्रीदर १२५ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो।
त्यसैगरी आज केन्द्रिय बैंकले एक युके पाउण्ड स्ट्रलिङको खरिददर १३९ रुपैयाँ २२ पैसा कायम गरेको छ भने बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा कायम गरेको छ। मंगलबार एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४० रुपैयाँ ३६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १२ पैसामा कारोबार भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस