Like us!
Follow us!
Connect us!
Watch us!

असारको अन्तिम साता कर्पोरेट डेभलपमेन्ट बैंकको एजीएम

कमला भुसाल

बुधबार, ०४ असार २०७६, ११ : ३३ मा प्रकाशित

असारको अन्तिम साता कर्पोरेट डेभलपमेन्ट बैंकको एजीएम

अर्थ संसार, काठमाडौं- कर्पोरेट डेभलपमेन्ट बैंकले असारको अन्तिम साता साधारणसभा आह्वान गरेको छ। सभा यही असार २७ गते बैंकको शाखा कार्यालय, घण्टाघर, वीरगञ्ज, पर्सामा बिहान ७ः१५ बजेबाट शुरु हुनेछ ।

सभामा २०७४/७५ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा रहेको छ । बैंकले लाभांश सम्बन्धी भने कुनै पनि एजेन्डा बनाएको छैन ।

यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने-गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ । असार ३ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउने बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको