Like us!
Follow us!
Connect us!
Watch us!

ऋणपत्र निश्कासनका लागि ५ बाणिज्य बैंक पुगे धितोपत्र बोर्डको ढोकामा, कुन बैकको वार्षिक व्याजदर कति ?

विहीबार, ०५ असार २०७६, ०९ : ०४ मा प्रकाशित

ऋणपत्र निश्कासनका लागि ५ बाणिज्य बैंक पुगे धितोपत्र बोर्डको ढोकामा, कुन बैकको वार्षिक व्याजदर  कति ?

अर्थ संसार, काठमाडौं– ऋणपत्र निष्कासन गर्नका लागि ५ वाणिज्य बैंकहरूले धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । सो अवधिमा एनआइसी एसिया बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र लक्ष्मी बैंकले ऋणपत्र जारी गर्ने अनुमति मागेको हो ।

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले ७ वर्ष अवधिका ४४लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सो ऋणपत्र निष्कासन गर्न अनुमति मागेको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

सिद्धार्थ बैंक

यस बैंकले १० दशमलव २५ प्रतिशत वार्षिक ब्याजदरमा ७ वर्षका लागि ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन बुझाएको छ । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्कासनका लागि एनएमबि क्याटिललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

 प्रभु बैंक

प्रभु बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डमा आवेदन दिएको हो । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा सनराइज क्यापिटललाई दिइएको छ ।

लक्ष्मी बैंक

यस बैंकले पनि वार्षिक १० प्रतिशत ब्याजदरमा १० वर्षका लागि २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग अनुमति मागेको छ । सो ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मा भने नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले पाएको छ ।

माछापुच्छ्रे बैंक

यसअघि माछापुच्छ्रे बैंक र हिमालयन बैंकले पनि ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन् । यी दुई बैंक पनि बोर्डमा अनुमतिको पर्खाइमा रहेका छन् । माछापुच्छ्रे बैंकले १० दशमलव २५ प्रतिशत ब्याजदर र हिमालन बैंकले १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न आवेदन दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको