पालुङटारको पल्ला टुप्पा आँप टिपेको याद आयो।
घुम्दै खेल्दै त्यो अग्लो कान्लामुनी लुकेछिपेको याद आयो।
आहा कति मीठो पानी त्यो सिस्ने धाराको ।
याद आयो त्यी भिर पाखा पखेरा साराको।
कैयौ भिजेका आँखाहरु लाई सुख्खा बनाइदिने म ।
कैयौ बन्द भएका गलाहरु खुलाउन गल्दै नगल्ने म ।
तर आज मेरै सुख्खा गला भिजाउन मन लाग्यो ।
त्यसैले त त्यो सिस्ने पधेरीमा माया फिँजाउन मन लाग्यो ।
धेरै समय सुकेको यो गलो भिजाउन मन लाग्यो ।
हजारौ जीवनलाई लैजाने सपना बोकेको त्यो काल ।
उपेन्द्रको उपासानाले भएर फर्कन्थ्यो बेहाल ।।
हजारौ जीवनलाई सिध्याउने कालको योजना भएपछि निष्फल ।
सिध्याएरै छाड्यो जीवनदाता उपेन्द्रको बाँकी पल ।।
किनकि काललाई लैजानु थियो धेरैको जीवन गरेर अनेकौ छल ।।।
कालको लागि तगारो बनेका उनी ।
षड्यन्त्र गरेर लग्यो, त्यो काल बैगुनी ।।
स्तब्द छौ हामि यहाँ ।
सदा सम्झना रहिरहने छ त्यहाँ ।।
यस्तै रहेछ संसारको यो लिला ।
प्रीय डाक्टर उपेन्द्र अल विदा ।।
तिमिले जीवन दिएका आत्माहरुको धड्कन संगै महसुस गर्नेछौ।
मृत्युसंग लडेर तिमिले बचाएका आत्माहरुसंगै तिम्रो सम्झना सदा भर्नेछौ ।।
अलविदा प्रीय डक्टर।हाम्रो स्पन्दनमा लाग्यो ठक्कर ।।
सजाय भोग्यौ कालको योजनामा दिएकैले टक्कर ।।।
प्रीय उपेन्द्र अलविदा ।
आज आफै गयौ हजारौलाई नयाँ जीवन सुम्पिदा । सुम्पिदा ।।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस