Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरी कर्मचारीलाई गृहमन्त्रीकाे निर्देशन – जिम्मेवार र पारदर्शी भएर काम गर्नू

अर्थ संसार

बुधबार, १८ चैत्र २०८२, १७ : ०६ मा प्रकाशित

प्रहरी कर्मचारीलाई गृहमन्त्रीकाे निर्देशन – जिम्मेवार र पारदर्शी भएर काम गर्नू

गृहमन्त्री सुधन गुरुङले बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको निरीक्षण गर्दै प्रहरी कर्मचारीहरूलाई थप जिम्मेवार, पारदर्शी र जनहितमा केन्द्रित भएर काम गर्न निर्देशन दिएका छन्। शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले कर्तव्य पालनाका क्रममा कुनै पनि तहबाट हस्तक्षेप नहुने स्पष्ट पारे। आपराधिक गतिविधि नियन्त्रणमा नेपाल प्रहरीले देखाएको कुशलताको प्रशंसा गर्दै मन्त्री गुरुङले नागरिक र प्रहरीबीचको सम्बन्धलाई सुमधुर बनाउन शिष्ट बोली र व्यवहारमा जोड दिएका छन्।

प्रहरीप्रतिको सामाजिक दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन उत्कृष्ट सेवा प्रवाह नै मुख्य माध्यम भएको उनको भनाइ थियो। विपद् व्यवस्थापनमा प्रहरीले खेल्दै आएको अग्रपङ्क्तिमा भूमिकाको चर्चा गर्दै उनले आगामी दिनमा पनि नागरिकको सेवालाई केन्द्रमा राख्न सुझाव दिए। साथै, प्रहरी संगठनलाई थप सशक्त र आत्मनिर्भर बनाउन साधनस्रोतको व्यवस्था र समयानुकूल तालिम उपलब्ध गराउने प्रतिबद्धता समेत गृहमन्त्रीले व्यक्त गरे।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको