Like us!
Follow us!
Connect us!
Watch us!

साताको शेयर बजार :परिसूचक उतारचढावपूर्ण अवस्था,कुन कम्पनीका शेयर भए सूचीकृत ?

मिलन खड्का

शनिबार, ०७ असार २०७६, १८ : २९ मा प्रकाशित

साताको शेयर बजार :परिसूचक उतारचढावपूर्ण अवस्था,कुन कम्पनीका शेयर भए सूचीकृत  ?

अर्थ संसार,काठमाडौँ- धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण अवस्थामा रह्यो । शुरुका केही दिन ओरालो लागेको नेप्से साताको अन्तिम तिर आइपुग्दा उकालो लाग्ने सङ्केत ग¥यो । यद्यपी कारोवार रकममा भने उल्लेख्य वृद्धि हुन सकेन । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७४ कम्पनीका ६४ लाख ३० हजार ८४ कित्ता शेयर रु एक अर्ब ९१ करोड ४९ लाख ७५ हजार ११२ मूल्यमा खरीद बिक्री भए । गत बिहीबार अर्थात जेठ ३० गते एक हजार २६९.५५ बिन्दुमा पुगेर कारोवार बन्द भएको नेप्से यस साताको शुरुको दिन अर्थात असार १ गते आइतबार  ११.३६ बिन्दुले घटेर एक हजार २५८.२७ मा झ¥यो । 

 कूल १७४ कम्पनीका १४ लाख ७३ हजार ८०८ कित्ता शेयर रु ४७ करोड २५ लाख २० हजार ८११ मा खरीद बिक्री भए । यस्तै निरन्तर ओरालो लाग्दै आएको  नेप्से परिसूचक सोमबार भने सामान्य सुधार देखियो । सो दिन नेप्से परिसूचक २.६३ बिन्दुले वृद्धि भई एक हजार २६०.९० अङ्कमा पुग्यो ।  कूल १७३ कम्पनीका १३ लाख ७३ हजार १३० कित्ता शेयर रु ४० करोड ३५ लाख ३८ हजार १४७ मा खरीद बिक्री भए । स्टकका अनुसार कूल ११ उपसमूहको कारोवार भएकामा आज तीन उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढ्यो । 

मङ्गलबार भने कारोवार मापक नेप्से परिसूचक पुनः ओरालो लाग्यो ।  सो दिन परिसूचक २.२३ बिन्दुले घटेर एक हजार २५६.६६ बिन्दुमा पग्यो । घटेको बजारमा कारोवार रकममा पनि गिरावट आयो । कूल १७७ कम्पनीका १२ लाख २६ हजार ६८६ कित्ता शेयर रु ३५ करोड ९४ लाख ११ हजार ३०५ मूल्यमा कारोवार भयो । स्टकका अनुसार कारोवार भएका कबुल ११ उपसमूहमध्ये आज तीन उपसमूहको मात्रै शेयरमा वृद्धि भयो । 

साताको शुरुआतदेखि नै अस्थिर रहेको धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार पुनः ओरालो लाग्यो । परिसूचक ०.२० बिन्दुले घटेर एक हजार २५८.४६ अङ्कमा पुग्यो । टकका अनुसार आज १६९ कम्पनीका नौ लाख ८० हजार ९१९ कित्ता शेयर रु ३० करोड ४१ लाख ८९ हजार ६४५ मा खरीद बिक्री भए । 

यस्तै साताको अन्तिम दिन भने परिसूचक उकालो लागि बन्द भयो ।  सो दिन परिसूचक ५.९० अङ्कले बढेर एक हजार २६४.३६ बिन्दुमा पुग्यो । परिसूचक उकालो लागेपनि कारोवार रकम भने सस्तैमा समेटियो । कूल १७१ कम्पनीका १३ लाख ७५ हजार ५४१ कित्ता शेयर रु ३७ करोड ५३ लाख १५ हजार २०४ मा खरीद बिक्री भए । 

तीन कम्पनीका शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा बिहिबार विभिन्न तीन कम्पनीका शेयर सूचीकृत भएका छन् । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । यस्तै मिथिला लघुवित्त वित्तीय संस्थाका तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद शेयर सूचीकृत भए ।  स्टकमा जेविल्स फाइनान्स लिमिटेडका तीन लाख ४० हजार ९५५ कित्ता हकप्रद र तीन लाख ८९ हजार २८१ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको