Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्तलाई ५ लाख ३० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति

कमला भुसाल

आइतबार, १५ असार २०७६, १२ : ३७ मा प्रकाशित

सबैको लघुवित्तलाई ५ लाख ३० हजार कित्ता आइपीओ जारी गर्ने अनुमति

अर्थ संसार, काठमाडौं- सबैको लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।  संस्थाले बोर्डको अनुमति पाए सँगै ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । लघुवित्तलाई प्रतिकिता १०० रुपैयाँको दरले ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको हो । यो आइपीओमा एनआइबीएल एस क्यापिटले बिक्री प्रबन्धकको काम गर्नेछ ।
 
यस लघुवित्तको आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । सबैको लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । 
 
आइपीओ बिक्रीपछि चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ पुग्नेछ । यस लघुवित्तले हाल ३१ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आएको छ । केन्द्रीय कार्यालय बन्दिपुर–१ डुम्रे, तनँहुमा रहेको यो लघुवित्त सन् २०१७ जुलाई १४ देखि सञ्चालनमा आएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको