Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल दोलखा हाइड्रोपावरको आईपिओ असार २५ गतेदेखि बजारमा, कति कित्ता ?

विहीबार, १९ असार २०७६, ११ : ४३ मा प्रकाशित

हिमाल दोलखा हाइड्रोपावरको आईपिओ असार २५ गतेदेखि बजारमा, कति कित्ता ?

अर्थ संसार, काठमाडौं– हिमाल दोलखा हाइड्रोपावर कम्पनीले असार २५ गतेदेखि साधारण शेयर (आइपिओ) निश्कासन गर्ने भएको छ ।

कम्पनीले ७६ लाख ७२ हजार २१० कित्ता आइपिओ निश्कासन गर्न लागेको हो । यसमध्ये १ लाख ५३ हजार ४४४  कित्ता शेयर कर्मचारीका लागि, २५ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७४ लाख ९३ हजार ७६६ कित्ता आइपिओ सर्वसाधारणलाई जारी गर्नेछ ।

आईपिओ निश्कासन बन्द मिति छिटोमा असार २९ र ढिलोमा साउन २४ गतेसम्म छ । आवेदकले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्छन् । धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।

आवेदकले विक्री प्रबन्धककका साथै  नेपाल धितोपत्र बोर्डबाट सीआस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्छन् । स्थानीय र सर्वसाधारणका लागि आइपिओ जारी गरेपछि पुँजी रु १ अर्ब ६० करोड पुग्नेछ । कम्पनीले जारी गर्न लागेको आइपिओलाई केयर रेटिङ नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । यसले कम्पनकिो आधारभूत पक्ष औसतभन्दा तल रहेको देखाउँछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको