अर्थ संसार, काठमाडौँ एनसिसी बैंकले १५ प्रतिशत बोनस शेयर दिने। एनसिसि बैंकले आफ्ना शेयरधनीलाई १५.८९ प्रतिशत शेयर लाभांश दिने भएको छ । यस्तै उक्त लाभांशमा लाग्नु कर प्रयोजनाका लागि ०.८३ प्रतिशत नगद लाभांश दिने भएको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४-७५ को लेखा परिक्षण प्रतिवेदनमा उल्लेख भएको नाफाबाट शेयरधनीलाई उक्त परिमाणमा लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश वितरण हुने बैंकका कम्पनी सचिव कपिल ज्ञवालीले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस